नाकामा सवारीलाई क्यू नम्बर अनिवार्य

सरस्वती न्याैपाने संवाददाता
रसुवा
PHOTO:

रसुवागढी नाकामा मंगलबारदेखि सवारीसाधनलाई क्यू प्रणाली अनिवार्य गरिएको छ ।

रसुवा यातायात सहकारी संस्थाले विज्ञप्तिमार्फत क्यु नम्बरको आधारमा केरुङतर्फ जाने सवारीलाई सहज बनाउनका लागि व्यवस्था मिलाएको जानकारी दिए ।

संस्थाका अध्यक्ष पेम्बा तामाङले ट्रक कन्टेनर चालकले भन्सार कागजपत्र बुझाएपछि मात्र क्यु नम्बर पाउने बताए । विगतमा सो नाकाबाट हुने निकासी पैठारी लगायतका कन्टेनरले समानुपातिक पालो प्रणाली अवलम्बन गर्थे ।

नयाँ प्रणाली लागू भएपछि व्यवसायीले आवश्यक संख्यामा गाडीको बुकिङ गरेर टिमुरे क्षेत्रबाटै जिम्मा लिएर जानुपर्ने भएको छ ।

तपाईको प्रतिक्रिया