धनकुटास्थित हिले उच्च माध्यमिक विद्यालयको आयोजनामा दुई दिन निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा शिशु कक्षादेखि बिबिएससम्मका ६ सय भन्दा बढी विद्यार्थीको स्वास्थ्य परिक्षण गरिएको विद्यालयका प्रधानाध्यापक (प्रअ) खगेन्द्रप्रसाद आचार्यले जानकारी दिए ।
विद्यालयमा विद्यार्थी बेहोस भई ढल्ने, पेट दुख्ने जस्ता समस्या देखा परेकाले उज्यालो सामुदायिक पोलिक्लिनिक धनकुटा–१ हिलेसँगको सहकार्यमा विद्यालयले सोमबार र मंगलबार निशुल्क स्वास्थ्य परिक्षण गरिएको प्रअ आचार्यले बताए ।
कार्यक्रममा विद्यार्थीहरुको आँखा, घाँटी, ज्वरो आउने, पेट दुख्ने आदिको समस्या पाइएकोले उनीहरुलाई स्वास्थ्य सुरक्षाको सम्बन्धि सचेत गराउदै औषधी पनि वितरण गरिएको डा. प्रदिपश्रीवाल विकले बताए ।
तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1