एनआरएन जर्मनीको अध्यक्षमा पुनः मोक्तानको उम्मेद्वारी

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
7 Shares
काठमाडाैं

गैरआवासीय नेपाली संघ (एनआरएन) जर्मनीको दोस्रो कार्यकाल (सन् २०१९-२०२१) को लागि विजय मोक्तानले पुनः उम्मेद्वारी घोषणा गरेका छन् ।

संघको यही सेप्टेम्बर १४ मा निर्वाचन हुने आधिकारीक पुष्टी भइसककेको छ । सन् २०१७-२०१९ को कार्यकाल लोकप्रिय र सफल अध्यक्षको पहिचान बनाईसकेका मोक्तानले उम्मेदवारी दिएपछि विगतमा झै अबको कार्यकाल पनि इमान्दारिता, निष्ठा र जिम्मेवारीबोध भएर संघलाई स्वच्छ, निष्पक्ष र पारदर्शिता गर्ने प्रतिबद्ध गरेका छन् ।

आगामि कार्यकालमा पुराना कार्यहरुलाई निरन्तरता दिने र नयाँ कार्य योजनाहरु अघि सारेर अघि बढ्ने घोषणा गरेका छन् । अध्यक्ष मोक्तानले भनेका छन्- ‘जर्मनमा रहेका नेपालीहरुले मेरो सपनालाई मूर्तरुप दिन तपाईहरुको सहयोग र माया सह्रनीय रहेको छ । यो वचन पूरा गर्नु मेरो दायित्व र जिम्मेवार रहेको छ ।’

आगामी कार्यकालका लागि अध्यक्षमा मोक्तानसहित ४ जनाले उम्मेदवारी दिएका छन् । अन्य तीन जनामा हरि न्यौपाने, रणबहादुर साउद र लाबाकुमार थापा रहेका छन् ।

सबै नेपाली संघसंस्था एवं समुदायप्रति सहअस्तित्व र सहकार्यको भावनाबाट प्रेरित भएर एनआरएनलाई सबै स्थानीय संस्थाको वास्तविक साझा संगठनको रुपमा अघि बढाउने कार्यमा जुट्ने अध्यक्ष मोक्तानले बताएका छन् ।

मोक्तानले संघका लागि प्राप्त सबै खाले सहयोगको दुरुपयोग हुन नदिने प्रतिवद्धता जनाउँदै समुदायमा सेवा गर्नेहरु सर्वप्रथम आर्थिक मामिलामा पारदर्शी र इमान्दार रहनुपर्छ जनाएका छन् ।

सहयोगी भावनाका मोक्तानले सन् २०१७-२०१९ को कार्यकालमा भिमसेनगोलास्थित किङ्गकम स्पोर्टस क्लबलगायत थुप्रै सामाजिक संस्थाहरुलाई सहयोग गरेका छन् ।

चुनावी मैदानमा आइसीसी सदस्यमा कुम्बराज रेग्मी, टंक लम्साल र प्रेमचन्द्र पोमु छन् भने उपाध्यक्षमा मिलनराज पन्त, निनम्न राई, शंकर डाँगी र प्रकाश शर्मा रहेका छन् ।

त्यसैगरी महिला उपाध्यक्षमा भीमनानी श्रेष्ठ, राधाकिरण सिग्देल र शिवकला गुरुङ रहेका छन् ।

महासचिवमा लोकमणी ढकाल र डा. यज्ञप्रसाद अधिकारीले उम्मेदवारी दिएका छन् भने सचिवमा राजेशकुमार सुनार मात्रै रहेका छन् ।

कोषाध्यक्षमा दिपक लामा र मेनुका त्रिपाठीको उम्मेदवारी रहेका छन् ।

महिला कोओर्डिनेटरमा करुणा तुलाधार र सुनिताक्रण थापाले उम्मेदवारी घोषणा गरेकी छन् ।

यस्तै युवा कोअर्डिनेटरमा रविन लामिछाने, एलसीसी बायन सदस्यमा बासु अर्याल, गोबिन्द भण्डारी, एलसीसी ह्याम्बर्ग सदस्यमा मिना कार्की, लक्ष्मी श्रेष्ठ र सुजन बर्तौैलले उम्मेदवारी दिएका छन् ।

यसैगरी एलसीसी हेसेनमा युवराज अधिकारी र एलसीसी एनआरडब्लुमा सुर्यप्रसाद पौडेल र लक्ष्मण जोशीले उम्मदवारी दिएका छन् ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका