नेकपाको शपथ कार्यक्रममा तोडफोड

सैलुङअनलाइन संम्वाददाता
0 Shares
बर्दिवास

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रदेश नं. २ का छ जिल्लाको शपथ कार्यक्रम रोकिएको छ । महोत्तरीको बर्दिवासमा महोत्तरी, धनुषा, सर्लाही, रौतहट, सिरहा र सप्तरीसहित छ जिल्लाका लागि तय भएको शपथ कार्यक्रम पार्टीभित्रकै असन्तुष्ट पक्षको विरोधपछि स्थगित भएको हो ।

अन्तिम समयमा महोत्तरीसहित धनुषा, सर्लाही र रौतहट जिल्लाको शपथ कार्यक्रम स्थगित गरिए पनि सिरहा र सप्तरीको शपथ गराउने तयारी भइरहेका बेला झडप भएपछि कार्यक्रम अघि बढ्न नसकेको बताइएको छ ।

असन्तुष्ट पक्षले बर्दिवास सेवा समितिको सभाभवनमा कुर्सी तोडफोड गर्नुका साथै प्रदेश अध्यक्ष प्रभु साहलाई हातपात नै गरेपछि कार्यक्रमस्थल तनावग्रस्त बनेका थिए ।

प्रहरीले अध्यक्ष साहलाई सुरक्षित रुपमा बाहिर निकाले भने प्रदेश सचिव सुमनराज प्याकु¥याल भने सभाभवनभित्रै बसेका थिए । बाहिर भइरहेको चर्को नाराबाजीलाई सचिव प्याकु¥यालले अराजक भीड बताएका छन् ।

पूर्वएमाले र पूर्वमाओवादी केन्द्र एकीकरणको एक वर्षपछि गत साउनमा जिल्ला कमिटी समायोजन गरिँदा पार्टी विधानअनुसार मापदण्ड नबनाई केही नेताले आफूखुशी बनाएका जिल्ला कमिटी मान्य नहुने असन्तुष्ट पक्षले बताएका छन् । असन्तुष्ट पक्षले शपथ स्थगित गरी प्रदेश कमिटी सचिवालयले जिल्ला कमिटीमा समायोजन गरिनेहरुको आधार तयार गर्न मापदण्ड तय गर्नुपर्ने माग गरेका छन् । मापदण्ड तय नगरी बनाइएको जिल्ला कमिटीको शपथ हुन नदिने असन्तुष्ट पक्षको अडान छ ।

यता प्रदेश सचिव प्याकु¥यालले एकीकरणको क्रममा जिल्ला कमिटी समायोजन गरिदा केही तलमाथि परेको भए त्यसलाई सच्याउन पार्टी तयार रहेको स्पष्ट पारे । तर, सभाभवनमा कुर्सी तोडेर वा जिम्मेवार नेतालाई गालीगलौज गरेर निकास आउँछ भन्ने ठान्नु गलत हुने उनले बताए ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका