बैंकको रकम हिनामिना गरेको आरोपमा थप दुई पक्राउ

सैलुङअनलाइन संवाददाता
घोराही
PHOTO:

दाङको घोराही–१० नाराणपुरस्थित देवः विकास बैंकको झन्डै १८ करोड रुपैयाँ रकम हिनामिना आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।

मंगलबार जिल्ला प्रहरीले थप दुई जना कर्मचारीलाई पक्राउ गरेको हो । हिनामिनामा पाइएपछि बैंकका दुई जना कर्मचारीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता विनोदविक्रम शाहले जनकारी दिए ।

पक्राउ परेका कर्मचारीको परिचय भने खुलाइएको छैन । रकम हिनामिना आरोपमा प्रहरीले यसअघि नै बैंकका प्रबन्धक समी बुढाथोकीसहित १२ जनालाई पक्राउ गरेको थियो ।

तीमध्ये चार जना छुटिसकेका छन् भने अरु प्रहरीकै हिरासतमै छन् । अहिले बैंकको नारायणपुर शाखाको सम्पूर्ण कारोवार बन्द रहेको छ ।

तपाईको प्रतिक्रिया