प्रदेश ३ को लोकसेवा आयोगको विधेयक पारित

सैलुङअनलाइन
सैलुङअनलाइन
0 Shares
काठमाडाैं

प्रदेश ३ मा ‘प्रदेश लोकसेवा आयोगको गठन, काम, कर्तव्य, अधिकार कार्यविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मंगलबार सर्वसम्मतले पारित भएको छ ।

प्रदेश मामिला समितिले तयार पारेको प्रतिवेदनको निर्णयसहित मंगलबार मुख्यमन्त्री डोरमणि पौडेलको प्रस्तावमा विधेयक सर्वसम्मत रुपमा पारित भएको हो ।

विधेयकमा ८ जनाले संसोधन प्रस्ताव राखेका थिए । नेपाली कांग्रेसका कांग्रेसका सांसदहरु न्हुच्छेनारायण श्रेष्ठ र नरोत्तम वैद्यले विधेयकको प्रतिवेदनमाथि पर्याप्त छलफल लागि समय नदिएको गुनासो गरे ।

विधेयक पास भैरहँदा नेकपाका सांसदहरुले भने धेरै छलफलपछि मात्र सभामा पेश गरी पास भएको बताएका थिए ।

मुख्यमन्त्री पौडेलले प्रतिपक्ष प्रजातन्त्रिक ढङ्गले पर्याप्त समय र छलफल गरेर विधेयक ल्याएको बताएका थिए । उनले प्रदेश सरकारले छिट्टै निजामती कर्मचारी ऐन ल्याएर सरकारको कामलाई तीव्रता दिने बताए ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका