नेवा:समाज साउदीद्वारा ब्लड क्यान्सरलाई सहयोग

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
0 Shares
ललितपुर

नेवा:समाज साउदी अरबले ब्लड क्यान्सर ग्रसित ४ वर्षीय संगम महर्जनलाई १ लाख १३ हजार ४ सय सहयोग गरेको छ ।

नेपाल क्यान्सर अस्पताल एण्ड रिसर्च सेन्टर हरिसिद्धिमा उपचाररत महर्जनलाई सेप्टेम्बर ८ तारिखमा अस्पताल पुगी बिरामीका आमालाई चेक हस्तान्तरण गरेका समाजका सदस्य बालकृष्ण श्रेष्ठले जानकारी दिए ।

बिरामीको आमा गंगा महर्जनले सहयोगको अपिल गरे लगत्तै गत अगस्ट ९ देखि १६ तारिखसम्म एक हप्ता ` संगम सहयोग अभियान ´ सञ्चालन गरी आर्थिक संकलन गरेको समाजका अध्यक्ष श्रीकृष्ण श्रेष्ठले बताए ।

साउदीमा रहेका नेवाहरुको भाषा, संस्कृति, कला, लिपी लगायतलाई संरक्षण र प्रबर्द्धन गर्ने उदेश्यले स्थापना गरेका समाजले यसअघि सुनसरी धरानका बिरामी नयशा शाक्यलाई पनि सहयोग गरेका थिए ।

 

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका