गायक थापाको ‘सम्झना जुनिभरलाई’ सार्वजनिक

सैलुङअनलाइन संवाददाता
काठमाडाैं
PHOTO:

करिव एक दशकदेखि निरन्तर सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै छवि बनाउन सफल युवा गायक संगम थापाको नेपाली लोकदोहोरी गीत ‘सम्झना जुनिभरलाई’ सार्वजनिक भएको छ ।

आईतबार एक कार्यक्रम गरी गायक थापाको उक्त गीत सार्वजनिक गरेको हो । नुवाकोट रालुकाका थापा मामाभान्जा अनलाइनका संचालक समेत हुन् ।

उक्त गीतमा शब्द, संगीत गायक थापा र श्याम लामाको रहेको छ । गीतमा गायक थापा, श्याम लामा र गंगा ठकुरीको स्वर रहेका छन् । यस गीतको भिडियो मामाभान्जाको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

उक्त गीतको म्युजिक भिडियो नुवाकोटकै रमणीय स्थलहरुमा खिचिएका छन् । यस गीतको भिडियोमा मोडल सागर राणा र सिर्जना किरातीको अभिनय रहेको छ । भिडियोमा माया पिरतीको कुराहरु समेटेको छ, माया लगाउँदा समयको सम्झनानै जुनिभरको सम्झना हुन्छ भनेर देखाउना खोजेको छ ।

यसअघि पनि गायक थापाले सम्झी आउनु है, सङ्गै बसौ न, मन साह्रै रोइराछ, झर्यो फुल रित्त्यो बोट पनि, फेसबुक जस्ता चर्चित गीतहरुमा स्वर दिइसकेका छन् ।

तपाईको प्रतिक्रिया