नेपाली समाज पोर्चुगलको अध्यक्षमा शैलुङका योञ्जन

नवराज तामाङ
नवराज तामाङ सैलुङअनलाइन
1561 Shares
पोर्चुगल

नेपाली समाज पोर्चुगलको अध्यक्षमा दोलखा शैलुङ गाउँपालिका-२,भुसाफेदाका कुमार योञ्जन तामाङ चयन भएको छ । योञ्जन शनिबार सम्पन्न समाजको दोस्रो अधिवेशनबाट अध्यक्षमा चयन भएको हो ।

अधिवेशनबाट समाजको बरिष्ठ उपाध्यक्षमा विमल पन्थी, उपाध्यक्षहरु आनन्द गुरुङ, तारा गुरुङ, महासचिवमा इश्वर पाण्डे, सचिवमा जाडु तामाङ, पासाङ लामा शेर्पा, कोषाध्यक्षमा विष्णु खतिवडा, महिला संयोजकमा सविना तामाङ र युवा संयोजकमा हेमराज पाण्डे चयन भएका छन् ।

त्यसैगरी सदस्यहरू क्रमशः जर्मन राई, बिना भट्टराई, अस्मिता कँडेल, गीता तिवारी, गोमा कँडेल चौलागाईं, युवराज मगर, मिङ्मा लामा शेर्पा, केशव अधिकारी, अमर बहादुर थारु र लालध्वज घिसिङ, ईश्वरी पन्थी लगायत छन् ।

जूम भर्चुअलबाट समेत भएको कार्यक्रमका प्रमुख अतिथि जसपाका केन्द्रीय सदस्य एवं पूर्वराजदूत डा. गणेश योन्जनले नवगठित समितिलाई बधाई एवं शुभकामना दिएका थिए । प्रमुख अतिथि शेर्पाले विश्वभरि पार्टीको प्रवास संगठनबाट गोलबद्ध हुने क्रममा रहेको बताए ।

कार्यक्रममा गैर आवासीय नेपाली संघ पोर्चुगलका संस्थापक अध्यक्ष पूर्ण हमाल, संघका वर्तमान अध्यक्ष सोमफुरी शेर्पाका साथै पोर्चुगलस्थित रहेका नेपालीहरूको विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले शुभकामना मन्तव्य राखेका थिए ।

भौतिक र भर्चुअल दुवै माध्यमबाट भएको कार्यक्रमका सभापति नेपाली समाज पोर्चुगलका कार्यवाहक अध्यक्ष धन शेर्पा रहेका थिए । समाजका नवनिर्वाचित अध्यक्ष योञ्जनले आफ्नो जिम्मेवारीलाई पूरा गर्ने प्रतिबद्धता गरे । अध्यक्ष योन्जनले जिम्मेवारी पूरा गर्न पोर्चुगलमा रहेका पार्टीका कार्यकर्ता एवं सुबेक्षकहरुलाई सहयोग गर्न आग्रह गरे । उनी पोर्चुगलमा लामो समयदेखि व्यवसायमा आबद्ध छन् ।

नेपाली समाज पोर्चुगल जनता समाजवादी पार्टी नेपालको प्रवास संगठन हो ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया