बाह्रबिसे नगरपालिकाले सुत्केरीलाई एम्बुलेन्स भाडा दिने

सैलुङअनलाइन संम्वाददाता
बाह्रबिसे, सिन्धुपाल्चोक
PHOTO:

मातृ तथा शिशु स्वास्थ्यलाई ध्यानमा राख्दै बाह्रबिसे नगरपालिकाले सुत्केरी हुने महिलाका लागि एम्बुलेन्स भाडा उपलब्ध गराउने भएको छ ।

समयमै स्वास्थ्य संस्थामा पुग्न नसकेर नगरका कोही पनि सुत्केरी महिलाले ज्यान गुमाउन नपरोस् भनेर नगरपालिकाले एम्बुलेन्स भाडा प्रदान गर्ने योजना अघि सारेको हो । नगरपालिकाको आकस्मिक कोषबाट एम्बुलेन्स भाडावापतको रकम उपलब्ध गराइने नगरपालिले जनाएको छ ।

समयमै स्वास्थ्य केन्द्रमा पुग्न नसक्दा कयौँले ज्यान गुमाउने गरेकाले त्यसो नहोस् भनेर एम्बुलेन्सको भाडा उपलब्ध गराउने निर्णय गरिएको बताइएको छ । नगरपालिकाका अनुसार बाह्रबिसेदेखि धुलिखेलसम्मका लागि एम्बुलेन्स भाडावापत चार हजार रुपैयाँ उपलब्ध गराइने छ भने बाह्रबिसेदेखि काठमाडौँ पु¥याउनुपर्ने सुत्केरीलाई पाँच हजार रुपैयाका दरले एम्बुलेन्स भाडा प्रदान गरिनेछ ।

तपाईको प्रतिक्रिया