दसैं नजिकिँदा सडक मर्मतको चटारो

सैलुङअनलाइन
सैलुङअनलाइन
0 Shares
काठमाडाैं

सडक विभागले समयसीमा तोकेरै काठमाडौंबाट बाहिरिने र भित्रिने यात्रुको सहजताका लागि राजमार्गहरूको सुधार गर्ने भएको छ । असोज पहिलो हप्ताभित्र काठमाडौंबाट बाहिरिने र भित्रिने नाकाको सडकमा सुधार गरिसक्ने भन्दै विभागले दसैंमा घर जाने यात्रुको लागि सहज वातावरण बनाएर गन्तव्यसम्मको यात्रा सहजीकरण गर्नको लागि सडक सुधार गर्न लागिएको जनाएको छ । साथै काठमाडौं उपत्यकाको सडक दसैंअगाडि मर्मतसमेत गरिने पनि विभागले जनाएको छ । निमार्णाधीन सडकबाहेकका उपत्यकाको सडकामा धेरै सुधार गरिएको विभागको भनाइ छ ।

“हामीले काठमाडौंबाट बाहिरिने र भित्रिने यात्रुको सुविधाका लागि नाकाको सडकमा सुधार गरी खाल्डाखुल्डी पुर्दै सडक सवारीलाई सहज बनाउने छौं,” विभागका महानिर्देशक केशव शर्माले भने । सडक मर्मतको लागि विभागले बोलपत्र आह्वान गरेको भए पनि समयसीमा कम भएकाले कसैले बोलपत्र नहालेको विभागको भनाइ छ । विभागले सडक मर्मतको लागि अब भने विभागको आन्तरिक स्रोतसाधनबाटै सडकको मर्मत गर्ने योजना अगाडि बढाएको महानिर्देशक शर्माको भनाइ छ । विभागले सडक मर्मतका लागि नै विशेष टिम परिचालन गर्ने र अर्को टोली काठमाडौं उपत्यकामा परिचालन गरी बाटो सहज बनाउने कार्यमा विभाग लागेको शर्माले बताए । काठमाडौ बाहिरका क्षेत्रमा पनि दसैंअगावै सुधार र मर्मत गर्ने कार्य अगाडि बढाएको छ । “हेटौडा, दमक, विराटनगर डिभिजनबाट सडकको खाल्डाखुल्डी मर्मतको काम पूरा भएको रिपोर्ट आएको छ,” महानिर्देशक शर्माले भने, “असोजको पहिलो हप्ता नै देशभरिका सडकको मर्मतसम्भार गर्ने गरी काम अगाडि बढाएका छौं ।”

विभागले सो मर्मतको क्षेत्रलाई पुनः बोलपत्र आह्वान गरेर थप मर्मत र सुधार गर्दै कालोपत्रे गर्ने प्रकृया अगाडि बढाउने जनाएको छ । देशभर सानाठूला गरी करिब ८५ हजार किलोमीटर सडक सञ्जाल छ भने विभागअन्तर्गत १५ हजार किमिमात्र सडक रहेको छ । मर्मतको लागि सरकारले चालू आर्थिक वर्षमा करिब १४-१५ अर्ब रुपैयाँ बजेट छुट्टाउको छ । गत वर्ष विभागलाई ८ अर्ब रुपैयाँ बजेट प्राप्त भएको विभागको भनाइ छ । विभागलाई नियमित रूपमा सडक मर्मतको लागि वार्षिक २६ अर्ब रुपैयाँ आवश्यक पर्ने जनाइएको छ ।

विभागले नियमित रूपमा सडक मर्मत गरिरहेको भएपनि मेलम्चीको पाइप विस्तार कार्यले गर्दा सडकको सुधार हुन नसकेको जनाएको छ । काठमाडौं उपत्यकामा दिनदिनै घर बन्ने क्रम विस्तार हुँदै गएसँगै वर्षा भएसँगै जमिनमा पानी सोस्ने क्रम कम हुँदै गएको छ । यसले गर्दा पानी सोस्ने ठाउँकम हुँदा उपत्यकाको साना सडक नहर जस्ता र ठुला सडकका नदी जसरी पानी बग्ने क्रम बढेसँगै सडक बिग्रँदै गएको महानिर्देशक शर्माको भनाइ छ । वर्षायाममा काठमाडौं उपत्यकाको सडकमा पानी बग्ने क्रम बढेर गएसँगै सडकको गुणस्तर र मर्मतबाट चुस्त सुधार हुन नसकेको शर्माको भनाइ छ । यो समाचार कारोबार दैनिकमा छ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका