मन्त्री कडा, अरु अर्थोकमै तगडा

सैलुङअनलाइन
सैलुङअनलाइन
0 Shares
काठमाडाैं

हाकिमको नियत खराब होइन तर कहिलेकाहीँ नियति खराब हुँदा अस्ति बबरमहलमा गाईजात्रा देखियो, कर्मचारी हत्तु भए ।

हजारको लोभ गर्दा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट नासु रंगेहात समातिएकै दिन त्यहीका हाकिम एक सेवाग्राहीसहित घन्टौं कोटाभित्र थुनिए ।

स्याल कराउनु र बाख्रा हराउनु भनेजस्तो, कोठाभित्र थुनिनुको पछाडि भने खराब नियत थिएन, प्राविधिक त्रुटिबाहेक । तर अर्थ लगाउन माहिर नेपाली न हुन्, भए नभएकमा अनुमान गर्ने नै भए ।

विभागका नासु पुरुषोत्तम पोखरेल सहजकर्ताको एक हजार रुपैयाँ लिँदै थिए । पुँजी वृद्धि तथा शाखा विस्तारका लागि एक हजार घुस दिने सहजकर्ता र पोखरेल रंगेहात अख्तियारको फन्दामा परे ।

लगत्तै अर्को लफडा मच्चियो, हाकिमको कार्यकक्षमा । स्मार्ट उपभोक्तावादी प्रस्तावना पत्रसहित छिरेकी थिइन् त्यहाँका हाकिम योगेन्द्र गौचनको कार्यकक्षमा । तर संयोग यस्तो परिदियो कि ढोका बाहिरबाट लक भइदिँदा घन्टौं त्यहाँका कर्मचारीले सास्ती भोग्नुपर्‍यो ।

दसै लागेसँगै झोले उपभोक्तावादीको धन्दा सुरु हुन्छ बजार अनुगमनतको नाममा, विभिन्न सरकारी निकायबाट अनुदान कुम्ल्याउने र आफ्नो गोजी भर्ने ।

दसैं नजिककिएसँगै त्यही धन्दाका लागि वाणिज्य तथा आपूर्ति विभागमा प्रस्तावनापत्रसहित पुगेकी थिइन् विमला खनाल । उनी तिनै पात्र हुन्, ज्योति बानियाँहरुको संस्थाबाट लखेटिएर कञ्ज्युमर आई नामको संस्था चलाउँदै आएकी छिन् । यो जनआस्था साप्ताहिकमा समाचार छापिएको छ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका