राजधानी र नामबारे प्रक्रियामै अन्योल

सैलुङअनलाइन
सैलुङअनलाइन
0 Shares
हेटाैडा

प्रदेशको स्थायी राजधानी र नामकरण विषय टुंगो लगाउने कार्यविधि सदनबाट पारित भए पनि थप प्रकृयाबारे अन्योल कायमै छ । अन्योलताकै बीच यसबारे मुख्यमन्त्री डोरमणि पौडेलले पुरानै प्रतिबद्धता दोहोर्‍याएका छन् ।

प्रदेशसभाको मंगलबार बैठकमा विपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले उठाएको सवालको जवाफ दिने क्रममा मुख्यमन्त्री पौडेलले वर्षे अधिवेशनभित्रै प्रदेश ३ को स्थायी राजधानी र नामकरण टुंग्याउने आफ्नो प्रतिबद्धता पुनः दोहराएका हुन् ।

‘अब प्रदेशसभामा स्थायी राजधानी र नामकरणको विषयमा प्रश्न उठाउनु पर्दैन,’ मुख्यमन्त्री पौडेलले भने । यसअघि प्रदेश सभामुख सानुकुमार श्रेष्ठले समेत बहुमत सांसदहरूले उठाएको राजधानीको विषयलाई कार्यव्यवस्था तथा परामर्श समितिको छलफलबाट अघि बढाउने प्रतिबद्धता जनाएका थिए ।

सभामुख श्रेष्ठले सोही प्रतिबद्धताअनुसार स्थायी राजधानी र नामकरण टुंगो लगाउने कार्यविधि सदनबाट पारित गराए पनि थप प्रकृयालाई अगाडि बढाउन सकेका छैनन् । ‘अब राजधानी टुंग्याउने जिम्मेवारी सरकार र प्रतिपक्षी दलको हातमा छैन ।’

यस विषयलाई कसरी अगाडि बढाउने सम्पूर्ण अधिकार सभामुखमा निहित छ । सभामुखले सरकारलाई सजिलो बनाइदिएको कारण यस विषयले सदनमा प्रवेश नपाएको हो । अब प्रतिपक्षी दलले दबाब सिर्जना गर्ने छ,’ कांग्रेस सचेतक छिरिङ दोर्जे लामाले भने । उनका अनुसार प्रदेशसभावाट राजधानी र नामकरणको कार्यविधि पारित भइसकेको अवस्थामा यसको सम्पूर्ण बाँकी प्रकृया अगाडि बढाउने जिम्मेवारी सभामुखलाई दिइसकिएको छ । यो आजको कान्तिपुर दैनिकमा समाचार छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका