लक्ष्मी मावि उद्घाटन

सैलुङअनलाइन
सैलुङअनलाइन
0 Shares
दोलखा

दोलखाको मेलुङ गाउँपालिका– ३ स्थित लक्ष्मी माध्यमिक विद्यालयको पुर्ननिर्माण सम्पन्न भएको छ । आइतबार एक कार्यक्रमबीच प्रदेश सांसद बिशाल खड्काले उद्घाटन गरेका हुन् ।

सांसद खड्काले देशभरका सरकारी विद्यालयका आधुनिक भवन निर्माण भैरहेको बताउँदै दोलखामा पनि अधिकांश विद्यालय भवनहरु बनिसकेकाले अब शिक्षामा गुणस्तर बढ्नेमा ढुक्क हुनुपर्नेमा जोड दिए ।

गाउँपालिका अध्यक्ष नरबहादुर श्रेष्ठले शिक्षाका गुणस्तरका लागि दिनरात नभनी लगाी पर्ने प्रतिबद्धता व्यक्त गरे ।

२०७२ सालको भुकम्पले क्षतिग्रस्त भएपछि अस्थायी टहरामा पठनपाठन हुदै आएकोमा विद्यार्थीहरुले आइतबार भवन उद्घाटनपछि सुविधा सम्पन्न भवनमा अध्ययन गर्न पाएको वडाध्यक्ष हिरा थोकरले जानकारी दिए ।

एसियाली विकास बैंक (एडीबी) को ६ करोड ५० लाख सहयोगमा सुविधा सम्पन्न दुई वटा भवनहरु निर्माण भएका छन् । दुई भवनमा २७ वटा कोठाहरु रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्र खड्काले बताए ।

कार्यक्रममा नेकपाका नेता शिवप्रसाद भण्डारी, शिक्षक केशव कार्की लगायतले मन्तव्य राखेका थिए ।

सोही अवसरमा जिल्ला समन्वय समितिका सदस्य विदुर शर्माले हजुरआमाको नामबाट नामकरण गरिएका विद्यालयलाई विज्ञान प्रयोगशालाका लागि १ लाख ५० हजार सहयोग गरेका थिए ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया