सुरक्षा

डोल्मा माम्बा संचारकर्मी
161 Shares
धादिङ

सुरक्षा,
जन्मेदेखि मृत्युसम्म चाहिने
आमाको कोखमै हुदा, धर्तिमा जन्मिएदेखि सबैलाई चाहिने सुरक्षा,
चिसोबाट जोगिन चाहिने सुरक्षा,
रोगबाट बच्न चाहिने सुरक्षा,
खान लाउन चाहिने सुरक्षा,
जब पाइला चल्न थाल्छ, बाटोमा हिड्दा चाहिने सुरक्षा
बाटोमा अन्जान मान्छे देख्दा चाहिने सुरक्षा ।।

सुरक्षाकै लागि
घरबाट बाहिर जान हुदैन,
साँझ अबेर सम्म बाहिर बस्न हुदैन,
बाहिरका अन्जान मान्छेसँग बोल्नुहुदैन ,
धेरै हास्नु हुदैन ,
नानाथरिका लुगा लगाउन हुदैन ।।
यस्तै यस्तै सिकाउने समाजमा घरभित्रै कसरी सुरक्षित रहने किन सिकाउदैन ??
बाहिर अन्जान मान्छेबाट जोगिन अनेक उपाय सिकाउने हाम्रो समाजमा

गाँस बास र कपासको सुरक्षाको अर्को नाम घर
घर छ त बासको सुरक्षा छ,
घर छ त गासको सुरक्षा छ,
घर छ त कपासको सुरक्षा छ,
यत्तिका आधारभूत सुरक्षा दिन सक्ने घरमा किन एउटी महिला सुरक्षित छैन ?
किन एउटी छोरी सुरक्षित छैन ?
किन आफ्नाे घरभित्रकै दाजुभाइ, बुबा, काका मामा, हजुरबुबाबाट सुरक्षित छैन ?

अब मलाइ भन्नुस् की
घरभित्र म कसरी सुरक्षित हुने ?
घरभित्र मेरो सुरक्षाको जिम्मेवारी कस्ले लिने ?

तपाईको प्रतिक्रिया