विप्लवका छोरा प्रकाश चन्द पक्राउ

सैलुङअनलाइन संम्वाददाता
0 Shares
चितवन

प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’का छोरा प्रकाश चन्द पक्राउ परेका छन् । चितवन मेडिकल कलेजमा सेवा अवरुद्ध गराउन खोजेको भन्दै प्रहरीले उनीसहित त्यहाँ अध्ययनरत १५ जना विद्यार्थीलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार अस्पतालको सेवा अवरुद्ध गराउँदै तोडफोड गर्ने प्रयास गरेपछि उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुले विगत एक सातायता विभिन्न व्यक्तिलाई तल्लो स्तरको गालि गलौज गरी आन्दोलन गर्दै आएको मल्लले जानकारी दिए ।

पक्राउ परेकाको अनुसन्धान भइरहेको मल्लले जानकारी दिए । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय चितवनको सोधपुछ कक्षमा राखिएको छ । प्रकाशले चितवन मेडिकल कलेजमा भइरहेको आन्दोलनको नेतृत्व गरिरहेका छन् ।

प्रकाशको सोही मेडिकल कलेजमा एमबिबिएस अध्ययन गरी प्रयोगात्मक कक्षा भइरहेको छ । विद्यार्थीले कलेजले सरकारले तोकेभन्दा बढी शुल्क लिएको भन्दै शुल्क घटाउन दबाबस्वरुप आन्दोलन गरिरहेका छन् ।

यता मेडिकल कलेजले आज एक विज्ञप्ति जारी गरी आन्दोलनरत विद्यार्थीलाई परिस्थितिको यथार्थ मूल्याङ्कन गरी बहकाउ र भड्काउमा नलागि समस्याको समाधानमा जुट्न र आन्दोलनका सबै कार्यक्रम फिर्ता गरी पठनपाठनमा लाग्न आग्रह गरेको छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका