राष्ट्रियसभाको बुधबारको बैठकले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक, २०७६ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।
राष्ट्रियसभाको बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले प्रतिनिधिसभावाट सन्देशसहित प्राप्त सो विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेको थियो । राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले राष्ट्रियसभावाट पारित भई सन्देशसहित प्रतिनिधिसभामा पठाइएको ‘विज्ञापन (नियमन गर्ने) विधेयक, २०७५’का सम्बन्धमा प्रतिनिधिसभावाट प्राप्त सन्देशकोसमेत सो बैठकमा जानकारी गराए ।
शोक प्रस्ताव पारित
राष्ट्रियसभाको आजको बैठकले पूर्वसभासद् छियामा राईको निधनमा शोक प्रस्ताव पारित गरेको छ । संविधानसभा सदस्य राईको यही भदौ १० गते मङ्गलबार उपचारका क्रममा निधन भएको थियो । उनको निधनप्रति शोक प्रस्ताव पारित गर्दै बैठकले दिवङ्गत आत्माको चीर शान्तिको कामना र शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ ।
राष्ट्रियसभाको अर्को बैठक यही भदौ २६ गते दिउँसो १ बजे बस्नेछ ।