रसुवाको भुमेथान र देविथानको महत्व र महिमा

प्रचारप्रसाको अभावमा ओझेल

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
112 Shares
रसुवा

रसुवाको उतरगया गाउँपालिका वडा नम्बर ३ डाँडा गाउँमा रहेको भुमेथान र देविथानको सदियौँ देखिको पुरानो सात पुस्ता अगाडि देखि मानिआएको धार्मिक स्थल रहेको छ । जे माग्यो त्यहाी पुग्ने किंवदन्ती रहेको छ । धार्मिक आस्थाको केन्द्र मानिएकोले पनि आफ्नो संस्कृतिलाई आजको दिनसम्म जीवन्त राखेका छन् ।

गुरुङ जातिको बाहुल्यता रहेकोले उनीहरू भूमे र देवीको पूजा गर्दछ । यस मन्दिरमा पूजा गर्ने गुरुङ जातिका नै पुजारी छन् । यस वडामा गुरुङ जातिको बाहुल्यता रहेको छ । गुरुङ जातिको बाजेबराजुले भुमेथानको स्थापना गरिएको भन्ने कथन रहेको छ । यसै समयमा महिलाहरूले यस स्थानमा खनजोत गर्ने क्रममा देवीको मूर्ति फेला पारेकोले भुमेथानसँगै देविथानको पनि स्थापना गरिएको किंवदन्ती पाइन्छ ।

सदियौदेखि पूजापाठ हुँदै आएको यस ठाउँमा सन्तान नभएकोले भाकल गरे सन्तान प्राप्ति हुने जनविश्वास छ । भाकल पूरा भएपछि भुमेथानमा पाठी, देविथानमा बोका चढाउने प्रचलन गर्दछ, पुजारी धनबहादुर गुरुङले भने, । उनले भुमेथान र देवीथानको परदेश जाने मानिसहरू तथा केही राम्रो कामको सुरुवात गर्न लाग्दा र गाउँमा केही अनिष्ट हुन लाग्दा पाठ पुजा र भाकल गरे पूरा हुने विश्वास रहेको बताए ।

यहाँ माघ मसान्तको दिन र एकादशीको दिन भव्य मेला लाग्ने गर्दछ। सोही दिन रसुवा, नुवाकोट, गोर्खा, धादिङ, काठमाडौँबाट दर्शनका लागि, नारायण पूजा लगाउन र बलि चढाउन भक्तजनहरू आउने गर्दछन् ।

ठुला ठुला रूखहरूले घेरिएको भूमे र देवीको मन्दिरमा दैनिक जसो भक्तजनको भिड लाग्ने गर्दछ ।

भुमेथान नजिकै ठुलो तलाउ समेत रहेको र यस वरपर लुगा धुने नुहाउने दिशापिसाव गर्ने गरेकाले तलाउ हराएको र मानिसहरू बिरामी पर्न थालेर छरिएर बस्न थालेको पुजारी गुरुङ बताउँछन् ।

गाउँपालिकाले गत वर्षको बजेटबाट भुमेथान प्रवेशद्वार, खानेपानी, सरसफाइ तथा विश्राम स्थलको निर्माण गरिएको वडाध्यक्ष लालबहादुर गुरुङले बताए । ‘यस्तो शक्ति भएको ठाउँ व्यवस्थापन त गरेका छौँ तर प्रचारप्रसार भएन’, वडाध्यक्ष गुरुङले भने, ‘प्रचारप्रसार गर्न सके यहाँको विकासमा टेवा पुग्नेछ ।’

यस्ता धार्मिक स्थलको प्रचारप्रसार नहुँदा ओझेलमा छन् । त्यहाँको स्थानीयबाहेक अरूलाई थाहा छैन ।

पालिका अध्यक्ष उपेन्द्र लम्सालले स्थानीय सरकार आएपछि संरक्षण र सम्बर्द्वन भएका छन् । अरू शक्ति पीठहरू जतिकै भुमेथान र देवीथान पनि शक्तिको प्रतिकका रूपमा रहेको उनले बताए ।

यहाँका गुरुङ समुदायले आफ्नो संस्कार संस्कृति मास्न दिएका छैनन् ।यस्तो आस्थाको धरोहरलाई उचित प्रचारप्रसार गरे आन्तरिक तथा बाह्य धार्मिक पर्यटकहरू बढ्ने उपप्रमुख चमेली गुरुङले बताइन् ।

डाँडा गाउँकै स्थानीय पार्वती गुरुङले परदेश जाँदा यस भूमेथानमा भाकल गरे सफल हुने विश्वास रहेको बताइन् । उनले भनिन्, ‘यो अलौकिक शक्ति भएको थान हो। यसको संरक्षण र प्रवर्द्धनमा सबैले चासो राख्नुपर्दछ ।’

सदियौँदेखिको यस आस्थाको केन्द्र यस डाँडा गाउँको एक धार्मिक तीर्थस्थल मानिन्छ। यस ठाउँको गहनाको रूपमा परिचित छ । यस सबै क्षेत्रबाट विश्वभर पुर्‍याउन सके आर्थिक सामाजिक रूपमा धनी हुने देखिन्छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका