त्रिदेश्वरी राप्ती यातायात सेवा पूर्ण रूपमा अटोमेशनमा गएको छ । प्रविधिको प्रयोग गरेर यात्रुलाई सहज र स्तरीय सेवा दिनका लागि अटोमेशनमा गएको संस्थाका अध्यक्ष सुरेश हमालले जानकारी दिएका छन् ।
राप्ती अञ्चलको सबैभन्दा पुरानो यातायात संस्था अटोमेशनमा गएसँगै अब कुनै पनि स्थानमा यात्रा गर्न अनलाइनबाट टिकट बुकिङ गर्न सकिने विज्ञप्तिमा जनाएको छ ।
अबदेखि संस्थाको चलानी, अभिलेखन लगायतका सबै कार्यहरू कम्प्युटराइज प्रणालीमार्फत् संचालन हुनेछन् । कम्पनीले बससेवा डटकमसँगको सहकार्यमा संस्थालाई पूर्ण अटोमेशनमा लगिएको हो ।
यात्रुहरूले राप्ती यातायातका एसी, डिलक्स् तथा मिनिबसको टिकट अनलाईन मार्फत् काट्न सकिनेछ । यात्रुहरूले राप्ती यातायात डटकम डट एनपी, बससेवा डटकम, बससेवाको मोबाईल एप्लीकेशन तथा इसेवा डटकम डट एनपी मार्फत् अनलाइन टिकट काट्न सकिनेछ । साथै नजिकको इसेवा जोन, पोइन्ट लगायत साइबर, कम्युनिकेशन, आइएमई पे, मोबाईल बैंकिङ तथा ईन्टरनेट बैंकिङमार्फत समेत टिकट काट्न सक्नेछन् ।
बससेवा डटकम नेपालको एकमात्र अनलाइन बस टिकटिङ माध्यम हो । बससेवाले नेपालभरका एसी, डिलक्स्, हाइस लगायतका बस टिकट उपलब्ध गराउनुका साथै बस रिजर्भेसन समेत अनलाइनबाटै गर्दै आएको छ ।