न्युयोर्कमा पाख्रिन सम्मानित

न्युयोर्क

न्युयोर्कमा एभरेष्ट टाइम्सका सम्पादक ङिमा पाख्रिन न्युयोर्कमा सम्मानित भएको छ ।  जुन १६ तारिख आइतबार न्युयोर्कको उडसाइडमा भएको पाँचौ काठमाडौ इन्टरनेशनल माउन्टेन फिल्म फेष्टिभल (किम्फ)मा सम्मानित भएको हो ।

किम्फले आयोजनामा गरेका कार्यक्रमहरुमा महत्वपूर्ण भूमिका खेलेबावत एभरेष्ट टाइम्सका सम्पादक पाख्रिनलाई न्युयोर्क सिटी र काउन्सिलमेन कोष्टाकोष्टनटीनीदेशको कार्यालयले सम्मान गरेका थिए ।

पाख्रिनले सम्मानपत्र न्युयोर्क सिटीले कम्युनिटि लियाजन जोया चौधरीको हातबाट पाएका थिए ।

दुई दशकभन्दा बढी अघिदेखि मिडियामा रहेका पाख्रिन अमेरिकाबाट चलचित्र क्षेत्रमा समेत दखल राख्छन् । उनीद्वारा निर्देशित “आमालाई उपहार” नेपालमा पहिलोपटक भएको तामाङ अन्तर्राष्ट्रिय स्वतन्त्र फिल्म महोत्सवमा प्रदर्शन गरेका थिए ।

न्युयोर्कमा नेपाली समुदायलाई अन्य समुदायसँग चलचित्र, बृत्तचित्रको माध्यमबाट जोडेर छलफल अन्तरक्रिया गराउँन र नेपाली चलचित्र, वृत्तचित्र निर्माताहरुलाई अमेरिकामा परिचित गराउँन पाख्रिनको महत्वपूर्ण योग्दान रहने गर्छ ।

(किम्फ) फेष्टिबलमा नेपालको ग्रामीण भेगको वास्तविक कथा वस्तुमा आधारित वृत्तचित्र सपर माङक, मरिसकेको मान्छे, तातिनी, माउन्टेन मदर, डोल्पा डायरी र कथा ७२ गरी ६ वटा प्रदर्शन गरेका थिए । फेष्टिबलबाट उठेका रकम यसपटक भोजपुरका दुर्गममा रहेका विद्यालयालाई सहयोग गर्ने एभरेष्ट टाइम्सका प्रधान सम्पादक आङछिरिङ शेर्पाले जानकारी दिए ।

छिरिङले प्रवासमा नेपालका ग्रामीण भेगका कथालाई वृत्तचित्रमा देखाएर नेपालको चिनारी दिने गरेको बताए । छिरिङका अनुसार संकलन भएको रकम दुर्गम गाउँको विद्यालयहरुमा दिने उदेश्यले कार्यक्रमका आयोजना गर्छन् ।

किम्फले यसअघि सोलुखुम्बुको चाँगेस्थान मावि केरुङ, सेर्गा बागम प्रावि सेर्गा, सिन्धुपाल्चोकको जम्बियाङ प्रावि र रामेछापको बाल्दिङ विद्यालयलाई सहयोग गरिसकेका छन् ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया