वाइसिएल र युवा संघबीचको एकता अन्तिम चरणमा

३३५ केन्द्रीय सदस्य, केन्द्रीय कार्यालय पेरिसडाँडामा

सैलुङअनलाइन संम्वाददाता
0 Shares
काठमाडाैं

तत्कालीन वाइसिएल नेपाल र युवा संघ नेपालबीचको एकता अन्तिम चरणमा पुगेको छ । एकता प्रक्रियालाई अन्तिम रुप दिन शुक्रबार राष्ट्रिय युवा संघ नेपालको पदाधिकारीको संयुक्त बैठक बोलाइएको छ ।

संघको बुधबार बसेको बैठकले साविक युवा संघ नेपालबाट १७६ र साविक वाइसिएल नेपालबाट १५५ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय गरेको छ । बैठकले चार जना सदस्य पछि मनोनीत गर्ने निर्णय गरेको छ ।

यस्तै केन्द्रीय समितिको एक तिहाइले हुन आउने १११ सदस्यीय सचिवालयमा साविक वाइसिएल नेपालबाट ५२ र युवा संघ नेपालबाट ५७ सदस्य रहने सहमति भएको छ । बैठकले केन्द्रीय कार्यालयको नौ सदस्यका लागि साविक युवा संघ नेपालबाट पाँच र वाइसिएलबाट चार सदस्य रहने निर्णय गरेको छ ।

बैठकले संगठनको केन्द्रीय कार्यालय पेरिसडाँडामा रहने टुङ्गो लगाएको छ । संघको प्रस्तावित मस्यौदा विधान बैठकले पारित गरेको छ । सात प्रदेशमध्ये तीनमा वाइसिएल र चारमा युवा संघले संगठनको नेतृत्व गर्नेगरी नेतृत्वको विषयलाई टुङ्ग्याइएको छ ।

त्यस्तै ७७ जिल्लामध्ये ४२ जिल्लामा युवा संघ र ३५ जिल्लामा वाइसिएलले संगठनात्मक जिम्मेवारी लिनेछ । भाेलि शुक्रबार  पेरिसडाँडामा केन्द्रीय कार्यालयको उद्घाटन तथा पदभार ग्रहणको कार्यक्रम राखिएको संयोजक रामप्रसाद सापकोटाले जानकारी दिए ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका