सुन्धारादेखि दरबारमार्गसम्म वृक्षरोपण   

सैलुङअनलाइन
सैलुङअनलाइन
0 Shares
काठमाडाैं

सुन्धारादेखि दरबारमार्गसम्म वृक्षरोपण शुरु गरिएको छ । वन तथा वातावरण विभाग, काठमाडौँ महानगरपालिका र नेपाली सेनाको संयुक्त आयोजनामा थालिएको वृक्षरोपणको बिहीबार महानगरका प्रमुख विद्यासुन्दर शाक्यले शुभारम्भ गरेको थियो ।

प्रमुख शाक्यले हरित शहर बनाउने महानगरपालिकाको अभियान निरन्तर अघि बढ्ने बताउँदै सार्वजनिक जग्गामा हरियाली उद्यान निर्माण गर्नेलगायत काममा महानगर निरन्तर लाग्ने जानकारी दिए । उनले यस्तो अभियान महानगरका ३२ वटै वडामा केन्द्रित रहेको भन्दै महानगरपालिकाले सार्वजनिक विद्यालयलगायत स्थानमा पनि वृक्षरोपण गर्ने कार्यक्रम अघि बढाइएको बताए ।

महानगरपालिकाको शहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले नेपाली सेना र महानगरपालिकाका बीचमा शहरी स्वास्थ्य, शिक्षा र वातावरणीय सुधारका क्षेत्रमा साझेदारीमा आधारित कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

काठमाडौँ वतावरण व्यवस्थापन विभागका प्रमुख हरि श्रेष्ठले आफूहरु शहर सफा राख्ने अभियानमा निरन्तर लागि परेको बताए । सो अवसरमा सडकको दुवैतर्फ विभिन्न प्रजातिका १६५ बिरुवा रोपण गरिएको थियो ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका