लिला खतिवडाको शब्दमा ‘बाँचेकैछु जसो तसो’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
संगीतकार निर्मल दियालीको संगीत रहेको यस गीतमा गोपाल रसाइलीले संगीत एरेन्ज गरेका छन् । गीतमा बेनुप छेत्रीको स्वर छ ।
किर्तिपुरको चोभार साथै दरबारमार्ग क्षेत्रका रमणीय स्थानहरुमा छायांकन गरिएको छ । भिडियोलाई युवराज वाइवाले निर्देशन गरेका हुन् । त्यस्तै उत्सव दाहालको छायाँकन रहेको सो भिडियालाई विकास दाहालले सम्पादन गरेका छन् ।
विशेष गरी माया, प्रेम, विछोड जस्ता भावनात्मक कुराहरुलाई मार्मिक ढंगले समावेश गीतको भिडियोमा ऋचा थापा, सुमन खतिवडा र अमर दिप फिचर्ड छन् ।
इलामको सुम्वेक घर भएका खतिवडा हाल रोजगारीको सिलसिलामा दक्षिण कोरियामा छन् ।
तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1