दोहोरी साँझ जाँदा २० रुपैयाँ, क्यासिनो छिर्दा ५० रुपैयाँ कर बुझाउनु पर्ने

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
77 Shares
काठमाडौं

काठमाडौँ महानगरपालिकाले मनोरञ्जन करअन्तर्गत चलचित्र, दोहोरी साँझदेखि क्यासिनो जानेलाई अलगअलग करको दर कायम गरेको छ । काठमाडौँ महानगरपालिका राजश्व विभागका अनुसार दोहोरी साँझ जानेलाई २० रुपैयाँ र क्यासिनो छिर्नेलाई ५० रुपैयाँ व्यक्तिगत कर बुझाउन निर्देशन दिएको हो ।

विभागका अनुसार भिडियो घर, कन्सर्ट, दोहोरी साँझ, डान्सबार तथा नाइट क्लब प्रवेश गर्ने ग्राहकबाट प्रति व्यक्ति २० रुपैयाँ र क्यासिनो प्रवेश गर्ने ग्राहकबाट प्रति व्यक्ति ५० रुपैयाँ कर उठाउन निर्देशन दिएको हो ।

यसै गरी, चलचित्र घरमा चलचित्र प्रदर्शन गर्दा दर्शकहरूबाट प्रति टिकट ५ प्रतिशत र सांस्कृतिक प्रदर्शन हल, नाटकघर, फन पार्क, वाटर गार्डेन, बाल उद्यान, फुटसल, जुम्बा, मसाज एन्ड एस्पा, स्विमिङ पुल र पार्क प्रवेश गर्दा एकमुष्ट प्रति टिकट ५ प्रतिशत बुझाउन पनि राजश्व विभागले निर्देशन दिएको छ ।

बाग्मती प्रदेशको आर्थिक ऐन–२०७८ को अनुसूची ३ ले तोकेअनुसार उक्त दररेट कायम गरिएको काठमाडौँ महानगरपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका