तामाङको एक मात्र साहित्यिक संस्था तामाङ डाजाङको १० औं अधिवेशन हुने भएको छ ।
शनिबार काठमाडौंस्थित तामाङ घेदुङको सभाहलमा हुने अधिवेशनबाट नयाँ कार्यसमितिको चयन हुने अध्यक्ष सञ्चु व्लोनले जानकारी दिए ।
तामाङ ग्योइ थेन ग्योइकाइदा छानौ लाइ ! तामाङ ब्रिखेन गिक तासि ब्राइ ! नारा बोकेको संस्थाले १८ वर्षदेखि साहित्यिक क्षेत्रमा कलम चलाउदै आएका छन् ।
डाजाङले प्रत्येक महिनाको अन्तिम शनिबार ग्योइकाइ गेताङ गर्दै आइरहेका छन् । यसै अधिवेशनसँगै १८९ औं ग्योइकाइ गेताङ समेत हुने अध्यक्ष व्लोनले बताइन् ।
संस्थाले १७ वर्षदेखि तामाङ डाजाङ मासिक पत्रिका प्रकाशन गर्दै आएको छ ।
तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1