पन्ध्र वर्षपछि अभियुक्त पक्राउ

सैलुङअनलाइन
सैलुङअनलाइन
0 Shares
महोत्तरी

श्रीमती बेचनीदेवीलाई हत्या गरी फरार भएका महोत्तरी औरही नगरपालिका-२ का विनोदसादा मुसहरलाई १५वर्षपछि इलाका प्रहरी कार्यालय गौशालाले पक्राउ गरी शुक्रबार  सार्वजनिक गरेको छ ।

विनोदले २०६१ साल कात्तिक १८ गते बञ्चराको पासोले हानेर श्रीमतीको हत्या गरेका थिए । हत्यालगत्तै फरार भएका बिनोद बिहीबार साँझ घर आएको बेला पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गौशाला (महोत्तरी) ले जनाएको छ ।

घरायसी भनाभनमा विनोदले ४० वर्षीया पत्नीलाई बञ्चरो हानेर हत्या गरेको घटना अभिलेखले देखाएको इलाका प्रहरी कार्यालय गौशाला (महोत्तरी) का प्रहरी निरीक्षक किशोर आचार्यले बताए । विनोदलाई घटनाको मिसिलसहित जिल्ला अदालतमा पेस गरिने प्रहरीले जनाएको छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया