अन्तराष्ट्रिय नाका हुँदै मानसरेबर तीर्थ जाने भारतीय नागरिक पासाङल्हामु राजमार्ग अवरुद्ध भएपछि हेलिकप्टरबाट जान थालेका छन् ।
कैलाश यात्राका लागी छोटो दुरीको रुपमा रहेको रसुवागढी पुग्न राजमार्ग अवरुद्ध भएपछि हेलिकप्टर मार्फत काठमाडांैबाट स्याफ्रुवेशी जान र आउन थालिएको ट्रेकिङ कम्पनीहरुले बताएका छन् ।
बुधबार काठमाण्डौबाट रसुवागढी हुदै मानसरोबर यात्राको लागी हिडेको बस पहिरोका कारण राम्चेमा रोकिएपछि ती यात्रुलाई सिम्रिक एयरको हेलिकप्टरद्धारा विहिवार स्याफ्रुवेशी लगिएको टे«किङ कम्पनीले जनाएको छ ।
अध्यागमन कार्यालय रसुवागढीका प्रमुख विष्णु धर्तीका अनुसार २०७६ बैशाख देखि भदौ २७ गते सम्म १४ हजार ५ सय तिर्थ यात्रुले मानसरोबर कैलाश यात्रा गएका छन् । मानसरोबर कैलाश यात्राका लागी बढी मात्रामा भारतिय तीर्थयात्रु जाने गरेका छन ।
चिनको तिब्बतमा पर्ने कैलाश मानसरोबर यात्राका लागी हुुम्लाबाट जान हिस्सासम्म हाइमार्ग प्रयोग गर्नुपर्ने तर रसुवागढी नाका प्रयोग गर्दा स्थलगत रुपमा जान सकिने भएकाले विगत दुई वर्षयता बढी यात्रुले रसुवागढी नाका प्रयोग गर्न थालेको हो ।
पौराणिक कथन अनुसार भगवान शिवलगायत ब्रहमा देवगण मरिचि, रावण, भस्माशुर र आदिले यस कैलाश मानसरोबर मा तपस्या गरेका थिए । यो पर्वत हिन्दु बौद्ध जनै, आदी धर्मावलम्बीहरु साझा तपोभुमी पनि भएका कारण जसले गर्दा पवित्र धार्मिक स्थलका रुपमा लिएकोमा मानसरोबर कैलाश यात्रा सूरु भएको हो ।
यस पर्वतको उचाई छ हजार ७ सय १४ मिटर र परिधि ४३ कि.मि.रहेको छ ।