कारागरमा बनेको मुढा तिब्बतमा निर्यात

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
0 Shares
रसुवा

नेपालको विभिन्न कारागरमा कैदीहरुले उत्पादन गरेको मढा चिनको चिब्बतमा निर्यात भइरहेको छ ।

प्रायजसो बाँसको मुढा केन्द्रीय कारागारबाट संकलन गरिएको ४९ हजार ४ सय ५१ वटा बासको मुढा ल्हासा र सिगारसे ल्यालमर घिङ्ग्रीसम्म पुग्ने गरेको छ ।

आर्थिक वर्षको ०७५/०७६ मा यहि बाँसको निर्यात बाट राजस्व करिव १ करोड २३ लाख ६२ हजार सात सय ५० रुपैया उठेको हो । वर्षेनी तिब्बतमा बाँसबाट बनेका मुढाको माग समेत बढेको प्लान्ट क्वारेन्टाइन चेक पोष्ट टिमुरेका वरिष्ट बालि संरक्षण अधिकृत कुलदिप घिमिरेले जानकारी दिए ।

बालिसंरक्षण अधिकृत घिमिरेका अनुसार क्वारेन्टाइन चेकपोष्ट टिमुरेको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७३÷०७४ मा ३० हजार ५ सय ५० गोटा मुढा रसुवागढी नाका हुदै चिनको तिब्बतमा निर्यात भएको थियो । आर्थिक वर्ष ०७४/०७५ मा भने तथ्याङ्कन भएको बताए ।

यस नाकाबाट बासको मुढा काठको टेबल नाङलो बोधिचितको माला धुपदानी र अम्रिसोको कुचो लगाएतका बस्तु निर्यात भईरहेको छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया