ब्राजीलको रियो दि जेनेरियोमा रहेको एउटा अस्पतालमा भएको आगलागिमा परी कम्तीमा दश जनाको मृत्यु भएको छ । अग्नि नियन्त्रक अधिकारीहरूले दिएको जानकारी अनुसार बिहीबार राति आगलागि भएपछि अन्य विरामीलाई अन्यत्र सारिएको छ ।
‘आगलागिको घटनामा परी कम्तीमा दश जनाको मृत्यु भएको छ,’ रियो दि जेनेरियो अग्नि विभागद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । वक्तव्य अनुसार आगलागि भएको अस्पतालका विरामीहरूलाई उत्तरी सहरमा रहेको बादिम अस्पतालमा लगिएको छ ।
अस्पतालको पुरानो भवनमा रहेको जेनेरेटरमा आएको समस्याका कारण आगलागि भएको प्रारम्भिक विवरण आएको छ । आगालागिबाट पीडित हुनेमा अस्पतालमा रहेका विरामी र कामदार रहेका छन् । घाइते भएका मध्ये ९० जनालाई विभिन्न अस्पतालहरूमा पठाइएको छ । रासस