चालु आर्थिक वर्ष २०७८\७९ को पहिलो नौ महिनामा नेपालले १ खर्ब २६ अर्ब ७ करोड २४ लाख रुपैयाँको अन्तर्राष्ट्रिय आर्थिक सहायता प्रतिबद्धता प्राप्त गरेको छ ।
प्राप्त प्रतिविद्धतामध्ये अनुदान सहायता ९ अर्ब ४६ करोड २६ लाख रुपैयाँ र ऋण सहायता १ खर्ब १६ अर्ब ६० करोड ९८ लाख रुपैयाँ रहेको छ ।
जापान, स्वीट्जरल्याण्ड, विश्व बैङ्क, एसियाली विकास बैङ्क लगायतका दातृ राष्ट्र तथा निकायबाट उक्त प्रतिबद्धता प्राप्त भएको अर्थ मन्त्रालयले जनाएको छ ।
तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1