साँझसँगै टिपरको कब्जामा काठमाडौं

पत्रपत्रिका
काठमाडाैं
PHOTO:

भदौ ८ गते राति १० बज्दै थियो, सडकमा उति चाप थिएन । पुछाङ भोटे अफिसको काम सकेर तीनकुनेबाट बा३८प २३९३ नम्बरको बाइकमा जोरपाटीतर लागे । तर, उनको यात्रा बीचमै टुंगियो । सडक कब्जा गरेर अन्धाधुन्ध हुइँकिएको टिपरको निर्मम सिकार बने उनी ।

तीनकुनेबाट गौशाला जाँदै गरेको बा३ख ४३१७ नम्बरको टिपरले सिनामंगलमा उनको मोटरसाइकललाई ठक्कर थियो । मोटरसाइकल कच्याककुचुक भयो, संखुवासभा भोटखोलाका पुटाङ पनि घटनास्थलबाट जिउँदो उठ्न सकेनन् ।

अन्य दुई वटा मोटरसाइकलमा सवार चार जनासमेत गम्भीर घाइते भए ।

‘टिपरले मोटरसाइकललाई कुल्चिनेबित्तिकै सडकका अन्य सवारी अनियन्त्रित र दुइटा मोटरसाइकल पनि त्यहाँ आएर ठोक्किए,’ महानगरी ट्राफिक प्रहरीका एसपी रविकुमार पौडेलले भने, ‘टिपर अग्लो हुने भएकालेपछिल्लोपटक ठोकिएका मोटरसाइकल पनि सजिलैसँग चक्काभित्र परे ।’

मोटरसाइकलमा चढेका अर्का एकजना त टिपरको ठक्करबाट उछिट्टिएर सडकपारि टिनको बारबाहिरै पुगे । दुर्घटनामा मृत्यु भएका व्यक्तिका आफन्तजनले दोषीमाथि कारबाहीको माग गर्दै महानगरीय प्रहरी वृत्त गौशालामा नाराबाजी गरे ।

टिपर चालकलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने, चालकको लाइसेन्स खारेज हुनुपर्ने, निष्पक्ष अनसन्धान हुनुपर्ने र उचित्र क्षतिपूर्तिको व्यवस्था हुनुपर्ने माग उनीहरुको छ ।

टिपरको अन्धाधुन्ध गतिले निम्त्याएको सडक दुर्घटना यो पहिलो भने होइन । बितेका ८ वर्षको तथ्यांक हेर्ने हो भने प्रत्येक वर्ष टिपर जोडिएका दुर्घटना बढेको बढ्यै छन् । ट्रफिक प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष २०६९/७०मा काठमाडौं उपत्यकामा मात्र ६ सय ९९ वटा दुर्घटनामा टिपर र टिपरजस्ता ठुला सवारी जोडिएका देखिन्छन् । अाजको अन्नपूर्ण पोष्टमा समाचार छ।

तपाईको प्रतिक्रिया