योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक तयार  

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
0 Shares
काठमाडाैं

नेपाल सरकारले ‘विदूषी योगमाया आयुर्वेद विश्वविद्यालय’ सम्बन्धी विधेयक सङ्घीय संसद्मा चाँडै लाने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले यही भदौ २६ गतेको मन्त्रिपरिषद् बैठकले विधेयकलाई संसदमा दर्ता गर्न सैद्धान्तिक सहमति दिएको जानकारी दिए ।

आयुर्वेदिक औषधिको अनुसन्धान र विकास तथा आयुर्वेद शिक्षा प्रदानको लक्ष्यका साथ सो विश्वविद्यालय स्थापना हुन लागेको हो । चालू आर्थिक वर्षको बजेट वक्तव्यमा विश्वविद्यालयका लागि  १० करोड रूपैयाँ बजेट विनियोजन गरिएको छ । ध्यान र योगका माध्यमबाट स्वस्थ शरीर, सकारात्मक सोच र व्यक्तित्व विकास गर्न नागरिक आरोग्य कार्यक्रम सञ्चालन र विश्वविद्यालय स्थापनाको कार्यलाई सरकारले बढाएको हो । आयुर्वेदिक, होमियोप्याथिक, युनानी, अक्कुपञ्चर, सोवा रिग्पा र प्राकृतिक चिकित्सा वैकल्पिक उपचार पद्धतिलाई एलोपेथिक उपचारसँग एकीकृत गरी स्वास्थ्य सेवा प्रवाह गर्ने व्यवस्था मिलाउने कार्यक्रम पनि बजेटमा राखिएको छ ।

बहुमूल्य र उपयोगी जडीबुटीको मुलुक नेपालका लागि आयुर्वेदिक औषधिको अनुसन्धान र विकास तथा आयुर्वेद शिक्षा सान्दर्भिक बनाउन विश्वविद्यालयले काम गर्नेछ । हालसम्म केन्द्रीय, क्षेत्रीय र अध्ययन प्रतिष्ठान गरी १४ विश्वविद्यालय सञ्चालित छन् । विसं १९२४ मा भोजपुरमा जन्मिएका सामाजिक आन्दोलनकर्ता योगमाया न्यौपानेले विसं १९९८ मा आफ्ना करिब ८० सहयोगीसहित अरुण नदीमा जलसमाधि लिएको थियो ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका