कृष्ण भुसाललाई पत्रकारिता सम्मान

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
0 Shares
काठमाडाैं

कृष्ण भुसाललाई पत्रकारिता सम्मान ‘औद्योगिक शान्ति नेपाल पत्रकारिता सम्मान २०७६’बाट सम्मानित भएका छन । उनलाई विगत एक दशक भन्दा बढी समय मुलुकको पत्रकारितामा सक्रिय रही देशको विविध क्षेत्रमा सूचना सम्प्रेष्णका माध्यमले पु¥याएको योगदानको प्रशंसा गर्दै सम्मान गरिएको हो ।

मिलाप मासिकको प्रकाशन आरम्भ गरी भाषा, साहित्य, कला संस्कृतिका साथै आर्थिक, राजनीतिक, पर्यटनलगायतका विषयमा कलम चालाउँदै नेपाली पत्रकारिता क्षेत्रको विकास तथा प्रवद्र्धनमा पु¥याएको योगदानको मूल्याङ्कन गर्दै औद्योगिक शान्ति नेपाल म्युजिक अवार्ड २०७६ का अवसरमा भुसाललाई ‘औद्योगिक शान्ति नेपाल पत्रकारिता सम्मान २०७६’ प्रदान गरिएको हो ।

राजधानीको जमल स्थित राष्ट्रिय नाचघरममा एक भव्य समारोहका बीच भएको कार्यक्रममा भुसाललाई पूर्वप्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, पूर्वमन्त्री तथा प्रतिष्ठीत गीतकार एसपी कोइराला, नेकपाका नेता घनश्याम भुसाल, चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईलागयतले सम्मानपत्र, दोसल्ला, टोपी र माला प्रदान गरी सम्मान गरेका थिए ।

मिलाप म्याग्जिनका साथै मिलाप न्युज डट कमका सम्पादक रहेका कृष्ण भुसालका राजधानी र मोफसल दैनिक पत्रिकाहरुमा समसामायिक विषयका साथै विभिन्न साहित्यिक लेखहरु प्रकाशित भइरहेका हुन्छन् ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका