रसुवा जिल्ला को आमाछोदिङमो गाउँपालिका वडा नम्बर १ हाकु कि मेन्दो लाछि तामाङ ले बङ्गुर पालनलाई व्यवसायकै रूपमा पालेर आयआर्जनलाई बढवा दिई आत्मनिर्भर बन्नु भएको छ ।
सदरमुकाम धुन्चेमा उनले दुई वर्ष अगाडि २० हजारमा दुई वटा बङ्गुर वाट सुरु गर्नु भएको व्यवसाय अहिले सानो ठुलो गरेर २० वटा रहेको छ । खर्चको हिसाब किताब त राखेको छैन छोराछोरी पढाउन घर खर्च पुगेको उनको भनाइ रहेको छ ।
स्थायी घर हाकु भए पनि सानो टिनो टहरो सदरमुकाम धुन्चेमा बनाएको छु । घर भन्दा २५ मिनेट जति टाढा रहेको वारिमा बङ्गुर पालन गरेको छु । दुख नगरी खान पाइँदैन केही गरौँ भन्ने सोचले बङ्गुर पालन गरेको छु । श्रीमान रोगी छन् छोराछोरी पढदै भएका कारणले थप जिम्मेवारी म माथि नै छ । दुख गरे अनुसार फल राम्रो रहेको बताए ।
वैदेशिक रोजगारीमा विदेश जान पर्दैन दुख गरे यही फल पाइन्छ भनेर नै बङ्गुर पालनमा लागेको वताउने उनको मुख्य पेसा नै कृषि, पशुपालन रहेको छ ।