तामाङ फिल्मको गीत ‘जब माया बुजि’ सार्वजनिक

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
काठमाडाैं

तामाङ कथानक चलचित्र ‘म्युङ पुजु’ (तीखो काँडा) को पहिलो गीत ‘जब माया बुजि’ (माया पलायो) गीतको भिडियो सार्वजनिक भएको छ ।
शुक्रबार काठमाडौंमा एक कार्यक्रमका बीच चलचित्र निर्माण टिमले सार्वजनिका गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि तामाङ चलचित्र संघका अध्यक्ष बिकु थोकरले एकजुट भएर अघि बढेमा तामाङ चलचित्र आदिवासीहरु च्लचित्रहरुमध्येको उत्कृष्ट बन्ने बताए ।

कार्यक्रममा सिन्धुपाल्चोक जुगल गाउँपालिका वडा नं. ४ र ६ वडाध्यक्षद्धय कालीप्रसाद तामाङ र जंग तामाङले चलचित्र टिमलाई सहयोग गर्दै तामाङ चलचित्रले हाम्रो संस्कार, संस्कृति, भाषा, भेषभुषाको संरक्षण सम्बर्द्धन गर्नेमा जोड दिने बताएका छन् ।

विशाल काल्तानको शब्द, संगित र स्वरमा रहेको भिडियोमा नायक इश्वर लामा पाख्रिन र नायिका सुष्मा मोक्तान अभिनय गरेका छन् ।

निर्माता कान्छिमाया गोलेले म्युङ पुजू (तिखो काँडा) को रापलाई ढाकछोप गर्न मायाप्रितिले मात्र सकिने सन्देश चलचित्रमा रहेको बताइन् ।

तामाङ सुपर स्टार डम्फु मिडिया प्रा.लि. को ब्यानरमा कान्छीमाया गोलेले निर्माण गरेकी हुन् ।

यस चलचित्रका निर्देशन अजय स्याङतानले र बिक्रम मोक्तानले छायांकन गरिएका हुन् ।

ऋतुराज पाख्रिनको पटकथा तथा सुजन लामाको कथा लेखन रहेको छ ।

म्युङ पुजुमा कलाकारहरु इश्वर लामा, प्रेम गोले, सुष्मा मोक्तान, डोल्मा तामाङ, वीरबहादुर तामाङ (बिजय) र भुइसाल लामा, ाजकुमार स्याङतान, बिरमान स्याङतान रहेका छन् ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका