नाका जोड्ने सडक अवरुद्ध : मैलुङ स्याफ्रुवेशी सडक शनिबारबाट मर्मत शुरु

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
0 Shares
रसुवा

अन्तराष्ट्रिय नाकाले परिचित रसुवागढी जोड्ने राम्चे सडक खण्डको सडक भासिएपछि मैलुङ स्याफ्रुवेशी सडक शनिवारबाट मर्मत शुरु गरिएको छ ।

रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीका अनुसार मैलुङदेखि छोक्कलसम्मको सडकका ठाउँठाउँमा गएको पहिरो हटाउन लागिएको हो । उनले गत भदौ २५ गते राम्चे खण्डामा फेदैदेखि सडक भासिएपछि आयात तथा निर्यातका लागि विकल्पको रुपमा मैलुङ स्याफ्रुवेशी सडक सञ्चालन गर्न लागिएको जानकारी दिए ।

सडक खुलाउन प्रमुख जिल्ला अधिकारी भण्डारी, सांसदद्धय मोहन आचार्य र प्रेम तामाङ उत्तरगया गाउँपालिका अध्यक्ष उपेन्द्र लम्साल, गोसाइकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङ, नेपाली सेना कालि जंग गण, शसस्त्र प्रहरी नेपाल प्रहरी लगायत विभिन्न सरोकारवालाहरुको पहलमा अवरुद्ध मैलुङ स्याफ्रुवेशी सडकखण्डको मैलुङदेखि छोकलसम्मको सडकको अवरोध हटाउने काम भइरहेको छ । भने त्रिशुली खोलको हिमपाइप बगाएका कारण यस ठाउँमा भने केही कठिन हुने बताइएको छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका