हाईल्याण्ड माविले मनायो बाल दिवस

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
0 Shares
रसुवा

‘सुनिश्चि बाल अधिकार : समृद्ध नेपालको आधार’ भन्ने नाराका साथ देशभर बाल दिवस मनाएको छ । यसैबीच गोसाईकुण्ड गाउँपालिका– ६ धुन्चे स्थित हाइल्याण्ड माध्यमिक विद्यालयले पनि विविध कार्यक्रमसहित बाल दिवश मनाएको छ ।

हाइल्याण्डका संस्थापक तथा प्रबन्ध निर्देशक तिरबहादुर गुरुङका अनुसार यस विद्यालयले बजार परिक्रमासहित विभिन्न प्रतियोगिता गरी विद्यार्थीहरुमा थप हौसला प्रदान गर्न पुरस्कार वितरण गरिएको बताए । उनले भने, ‘बालबालिकाहरुलाई डर त्रासमा होइन माया र हौैसलाले अगाडी बढाउन सकिनेछ ।’

नेपालले संयुक्त राष्ट्र संघको बाल अधिकार महासन्धिलाई २०७४ साल भदौ २९ गते अनुमोदन गरेको थियो । हरेक वर्ष मनाउदै आएकोले रसुवामा पनि मनाउदै आएको हो ।

नेपालको बाल दिवस रत्नराज्य लक्ष्मी देवी शाहको पालबाट मनाउन थालिएको हो । उनी भारत भ्रमण गर्ने क्रममा महात्मा गान्धीको जन्मदिनमा बाल दिवस मनाउने गरेको देखेपछि उताबाट फर्के लगतै भदौ ४ गते नेपालमा पनि बाल दिवस मनाउन सुरुवात गरिएको हो । त्यसपछि राष्ट्रिय बाल दिवस २०६३ सालबाट भदौ २९ गतेबाट मनाउनु सुरु गरियो ।

आइल्याण्ड माध्यमिक विद्यालय, रसुवा माध्यमिक विद्यालय लगायत जिल्लामा रहेका रहेका सबै शिक्षण संस्थाहरुले मनाएका छन ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका