प्रभु बैंक र सक्षमबीच समझदारी

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
0 Shares
काठमाडाैं

प्रभु बैंक लिमिटेड र वित्तीय पहुँच विस्तारमा काम गर्दै आएको संस्था सक्षमबीच समझदारी भएको छ ।

गत बुधबार एक विशेष कार्यक्रममा बैंक र सक्षमबीच कोरिया र भारतमा रहेका २१ हजार नेपालीको खाता खोल्नका लागि समझदारी भएको हो ।

समझादारी पत्रमा प्रभु बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र सक्षमका तर्फबाट निर्मल दाहालले हस्ताक्षर गरिएको थियो । सम्झौता अनुसार प्रभु बैंकले कोरिया र भारतमा रहेका २१ हजार नेपालीहरुको बैंक खाता खोल्नु पर्नेछ ।

सम्झौता पत्रमा यी देशहरुमा रहेका नेपालीका आफन्तहरु (स्वदेशमा रहेका) लाई ऋण लगानी समेत गर्नु पर्नेछ ।

तपाईको प्रतिक्रिया