नुवाकोट समाज कोरियाको अध्यक्षमा राज दोङ चयन

दक्षिण कोरिया

नुवाकोट समाज दक्षिण कोरियाको छैटौं अधिवेशनबाट अध्यक्षमा राज दोङ तामाङलाई सर्वसहमतीले चयन गरेको छ ।

शुक्रबार सेप्टेम्बर १३ तारिख दर्शन नमस्ते रेष्टुरेन्टको सभाहलमा भएको अधिवेशनले दोङको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको हो  ।

बरिष्ठ उपाध्यक्षमा सुन्दर प्रसाद अधिकारी, उपाध्यक्षमा सुदीप लामिछाने, रामकुमार गोतामे, सचिवमा रमित रेग्मी, सह-सचिवमा टंक राना चयन गरेका छन् । त्यस्तै कोषाध्यक्षमा अबिनाश तामाङ, सह-कोषाध्यक्षमा रबिना श्रेष्ठ चयन भए ।

सदस्यहरुमा क्रमशं: शिवराम भट्टराई (संगम), बद्री अधिकारी, जयराम ढुंगाना, शिवराज के.सी. र राजेन्द्र मोक्तान निर्वाचित भएका छन् । अन्य सदस्यहरू संस्थाको बैठकले मनोनित गर्नेछ ।

अधिवेशनको प्रमुख अतिथि प्रदेश नं. ३ एकता समाज दक्षिण कोरियाका अध्यक्ष किशोर ब्लोन नियोग थियो । उनले कोरिया रहेका नुवाकोटका आम नेपालीहरू एकजुट भएर धेरै सामाजिक कार्यहरू गर्न सकिने बताए ।

अधिवेशनमा नेपाल पत्रकार महासंघ दक्षिण कोरियाका अध्यक्ष रञ्जन राज कुवर, नेपाल तामाङ संघ दक्षिण कोरियाका बरिष्ठ उपाध्यक्ष रबि लामा, तामाङ संघ दक्षिण कोरियाका संरक्षक तथा जनजाति महासंघ दक्षिण कोरियाका उपाध्यक्ष सोम तामाङ, चितवन सम्पर्क मंच दक्षिण कोरियाका अध्यक्ष लिलाकान्त महतो, काभ्रे सम्पर्क समिति दक्षिण कोरियाका अध्यक्ष सानू लामा र मकवानपुर मंच दक्षिण कोरियाका अध्यक्ष राजकुमार गोलेलगायतका अतिथिहरू उपस्थिति रहेको थियो ।

सन् २०१४ मा स्थापना भएको नुवाकोट समाज दक्षिण कोरियाले विभिन्न समाजिक कार्यहरू गर्दै आइरहेका छन् ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका