मनाङ परिवार दक्षिण कोरियाको अध्यक्षमा बिनराज गुरूङ चयन भएको छ । आइतबार सउलमा भएको नवौं अधिवेशनले गुरूङको अध्यक्षतामा सल्लाहकारसहित १२ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
कार्यसमितिको उपाध्यक्ष कर्मा छेटेन लामा, सचिव सोम बहादुर गुरूङ, उपसचिव राजु गुरूङ, कोषाध्यक्ष मिङमार लामा, सह-कोषाध्यक्ष काशी गुरूङ चयन भएका छन् । त्यस्तै सदस्यहरूमा सिता लामा, कल्पना लामा, शिब घले चयन भए ।
अधिवेशनमा बरिष्ठ सल्लाहकारमा प्रकाश लामा, जीतबहादुर लामा र निमा साङ्गे लामालाई चयन गरेको छ ।
मनाङ परिवार सन् २००१ मा स्थापना भइ फुटबल प्रतियोगीता, विविध अभियान लगायतका कार्यहरू गर्दै आइरहेको छ ।
तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1