नव सेलो गायक राज ब्लोनको तामाङ सेलो दोहोरी गीत ‘पिङ्गै मार्चा थुला’ को भिडियो युट्यूबमा आएको छ । गायक ब्लोन र गायिका जितु लोप्चनको स्वरमा रहेको गीत शनिबार सार्वजनिक भएको छ ।
गायक ब्लोनको यो पहिलो म्युजिक भिडियो हो । यस अघि उनको ‘भट्टीला साहुनी’ र ‘नाना छामे’ अडियोमा दर्शकमाझ ल्याइसकेको छ । बिगत ३ बर्षदेखि दक्षिण कोरियामा रोजगारीमा रहेका गायक ब्लोन लगभग २ बर्ष यता शब्द रचना र गीतसंगीतमा शक्रिया हुदै आइरहेको छ । यो गीत पनि गायककै शब्द लेखन रहेको छ ।
गायक ब्लोनले गायक ज्ञान लामाको स्वरमा रहेको सेलो गीत ‘नुवाकोटे मैच्याङ’ को शब्द लेखन तथा संकलन गरेका हुन् । ‘पिङ्गै मार्चा थुला’मा सानुबाबु घिसिङले संगीत भरेको छ भने नोर्बु शेर्पाले एरेन्ज गरेको छ ।
भिडियोमा बर्षा थिङ र सुनिल तामाङको फिचरिङ रहेको छ । उनीहरूलाई म्हाबर डान्स् क्रिउले साथ दिएको छ । सुरेश घिसिङको छायाँङ्कन, बज्र ङेसुरको सम्पादन गरेको छ । भिडियोलाई प्रतिक ङेसुरले कोरियोग्राफी/निर्देशन गरेको छ ।
https://www.youtube.com/watch?v=_QtpyAUiLIE