प्रजितालाई प्रदेशस्तरीय मिस तामाङ ताज

सैलुङअनलाइन संवाददाता
धनकुटा

एक नम्बर प्रदेशस्तरीय मिस तामाङको ताज प्रजिता तामाङले हात पारेकी छिन् । प्रजिताले शनिबार धनकुटाको हिलेमा भएका प्रतियोगिताका ग्राण्ड फिनालेमा प्रथम हुँदै ताज पहिरेकी हुन् । उनले १३ प्रतिस्पर्धालाई पछि परेकी थिइन् ।

प्रतियोगिताको फस्ट रनरअप सुष्मा तामाङ, सेकेन्ड रनरअप मिना तामाङ भएकी थिइन् ।तीन विधामा पुरस्कार हात पारेकी मिस तामाङ प्रजिताले स्कुटी, नगद २५ हजार गिफ्ट ह्याम्पर पाएकी थिइन् । त्यसैगरी फास्ट रनरअपले नगद १ लाख साथमा गिफ्ट ह्याम्पर र सेकेण्ड रनरअपले नगद ५० हजारसहित आकर्ष गिफ्ट ह्याम्पर पाइन् ।

विजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथि पूर्व कानून मन्त्री तथा संघीय सांसद शेरबहादुर तामाङ, संघीय सांसद नविना लामा, धनकुटा नगरपालिकाका मेएर चिन्तन तामाङ, उर्लाबारी घेदुङका राजु घिसिङ, धनकुटा अध्यक्ष विष्णुबहादुर मोक्तान, युवा व्यवसायी फुर्वा लामा, मनोज बुढाथोकी, रमेश चौधरी, तुल श्रेष्ठ, डा. रामबाबु गिरी, हेएर स्टाइलिस्ट निल डेविड कटुवाल लगायतले लगायतले पुरस्कार वितरण गरेका थिए ।

तामाङ घेदुङ उर्लाबारी मोरङको आयोजनामा भएका मिस तामाङका सहआयोजक तामाङ घेदुङ जिल्ला समन्वय समिति धनकुटा रहेका थिए ।

तपाईको प्रतिक्रिया