प्राध्यापक सङ्घको अध्यक्षमा थापा निर्विरोध

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
0 Shares
काठमाडाैं

नेपाली प्राध्यापकको छाता संस्था नेपाल प्राध्यापक सङ्घको अध्यक्षमा प्रा डा बुद्धबहादुर थापा निर्वाचित हुनुभएको छ । सङ्घको निवर्तमान महासचिवसमेत रहनुभएका थापालाई सङ्घको निर्वाचन समितिले आइतबार निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो ।

अन्य पदाधिकारी तथा सदस्यको भने टुङ्गो लाग्न बाँकी नै रहेको निर्वाचन समितिले जनाएको छ । उनीहरुको निर्वाचन कात्तिकमा हुने तय भएको छ । कूल २१ सदस्यीय केन्द्रीय कार्यसमितिमा अब २० जना केन्द्रीय सदस्य निर्वाचित भएर उनीहरुले पदाधिकारी चयन गर्ने व्यवस्था छ ।

लामो समय बुटवल बहुमुखी क्याम्पसमा प्राध्यापन गर्दै आउनुभएका थापाले राजनीतिक शास्त्रमा विद्यावारिधि गरेको हो भने बरिष्ठ अधिवक्ता पनि हुन् । सङ्घमा त्रिभुवन विश्वविद्यालयका झण्डै आठ हजार र अन्य विश्वविद्यालयका गरी झण्डै १२ हजार प्राध्यापक आबद्ध रहेका छन् । नवनिर्वाचित अध्यक्ष थापाले विश्वविद्यालयमा भइरहेको राजनीतिकरणको अन्त्य गर्ने र बौद्धिक क्षेत्रको गुणस्तर वृद्धि गर्नेतर्फ आफ्नो कार्यकालमा काम गर्ने योजना बनाएको बताए ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका