फर्निचर तथा फर्निसिङ एक्स्पो सम्पन्न

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
0 Shares
काठमाडाैं

सातौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो सम्पन्न भएको छ । फर्निचर तथा फर्निसिङका उत्पादनको ब्राण्डिङ गर्ने उद्देश्यले आयोजना गरेको एक्स्पोमा ५ दिनसम्म चलेका थिए । दिनको अवधिमा ८१ हजार अवलोकनकर्ताले एक्स्पो अवलोकन गरेका छन् ।

राजधानीको भृकुटीमण्डपमा चलेको एक्स्पोमा रक्तदान कार्यक्रमको समेत आयोजना गरिएको थियो ।

नेपाल फर्निचर तथा फर्नि्सिगं संघको आयोजनामा भएको रक्तदान कार्यक्रममा संघका पदाधिकारी, प्रदर्शक तथा अवलोकनकर्ता लगायतले रक्तदान गरेका थिए ।

आगामी वर्षहरुमा अझै परिष्कृत रुपमा आधुनिक उत्पादनहरुलाई समेट्दै एक्स्पोलाई निरन्तरता दिने संयोजक मनीष अग्रवालले बताए ।

एक्स्पोमा स्वदेशी तथा विदेशी गरी १ सय २० भन्दाबढी प्रदर्शकहरुको सहभागिता रहेको थियो । फर्निसिङ व्यवसायमा आधुनिक प्रविधि भित्र्याउँदै फर्निचरजन्य उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउन एक्स्पोले टेवा र्पुयाउने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका