नेपाली मौलिक संस्कृतिमा आधारित दशैं–तिहार बिशेष सांगीतिक म्युजिक भिडियो ‘बहार’ सार्वजनिक भएको छ ।
आइतबार एक कार्यक्रमबीच टाइमलाइन स्कुलले निर्माण गरेका उक्त म्युजिक भिडियो गोकर्णेश्वर नगरपालिका नगरप्रमुख सन्तोष चालिसेले सार्वजनिक गरेका हुन् ।
रामप्रसाद बडालको शब्द÷रचना र रत्न राईको संगीत रहेको छ । गीतमा सत्यकला राई, सरला राई, लक्ष्मण चौलागाई र संगीतकार रत्न राईको स्वर रहेका छन् ।
भिडियोमा स्कूलकै शिक्षकशिक्षिका र विद्यार्थीहरुले अभिनय गरेका छन् ।
चाडपर्वहरूको महत्वलाई दर्शाउँदै नेपाली संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले गीत तयार गरिएको निर्माता नवराज रिजालले बताए ।
गोकर्णेश्वर– ५ स्थित नयाँवस्तीमा रहेका टाइमलाइन स्कूलको यो पहिलो म्युजिक भिडियो हो ।
तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1