सरकारको नीति तथा कार्यक्रम आउँदै

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
84 Shares
काठमाडौ‌

संघ सरकारले आगामी आर्थिक वर्ष ०७९/८० काे नीति तथा कार्यक्रम ल्याउँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले दिउँसाे ४ बजे बस्ने संघीय संसद्को संयुक्त बैठकमा सरकारकाे नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका छ ।

संवैधानिक व्यवस्थाअनुसार हरेक वर्षको १५ जेठमा संघीय सरकारको बजेट प्रस्तुत गर्ने समय निर्धारण गरिएको छ । नयाँ बजेटभन्दा कम्तीमा पनि एक साताअघि नीति तथा कार्यक्रम ल्याउनुपर्ने भए पनि चुनावका कारण केही ढिलाइ भएकाे सरकारी दाबी छ ।

नीति तथा कार्यक्रमलाई आधार मानेर सरकारले नयाँ बजेट प्रस्तुत गर्ने गर्छ ।

अर्थ मन्त्रालय अहिले बजेटको अन्तिम तयारीमा छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका