एनआरएन जर्मनीमा नयाँ कार्यसमिति चयन

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
0 Shares
जर्मन

गैरआवासीय नेपाली संघ (एनआरएन) जर्मनीको सन् २०१९–२०२१ का लागि अध्यक्षमा हरि न्यौपाने सर्वसम्मत चयन भएको छ । आइतबार भएका अधिवेशनले न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेका हुन् ।
आइसीसी सदस्यमा विजय मोक्तान र टंक लम्साल सर्वसम्मत चयन भएका छन् ।

समितिको उपाध्यक्षमा मिलनराज पन्त, राधाकिरण सिग्देल, प्रकाश शर्मा, निनाम्मा राई, शंकर डाँगी, शिवकला गुरुङ, डा. यज्ञप्रसाद अधिकारीलाई चयन गरेका हुन् ।

यसैगरी महिला उपाध्यक्षमा भिमानानी श्रेष्ठ, महासचिव लोकमणी ढकाल, सचिवहरु राजेश सुनार, मेनका त्रिपाठी रहेका छन् ।

कोेषाध्यक्ष दिपक लामा, सहकोषाध्यक्ष सोनी तुलाचन, महिला कोर्डिनेटरद्वय सुनिता थापा क्रान र करुणा तुलाधर राई, युथ कोर्डिनेटर रविन लामिछाने, युथ सव कोर्डिनेटर इश्वर श्रेष्ठ, स्पोर्ट कोर्डिनेटर अर्जुन ओली रहेका छन् ।
इभेन्ट कोर्डिनेटर लक्ष्मण जोशी र जोन तामाङलाई चयन गरेका छन् ।

त्यस्तै ह्याम्वर्ग क्षेत्रका लागि मिना कार्की, लक्ष्मी श्रेष्ठ र सुजन बर्ताैलालाई चयन गरेका हुन् ।

हेसेन क्षेत्रका लागि शिव श्रेष्ठ, युवराज अधिकारी र राजाराम रावल रहेका छन् ।

वायर्न क्षेत्रमा बासु अर्याल, गोविन्द भण्डारी, एनआरवी क्षेत्रमा लक्ष्मण जोशी र सुर्य पौडेल रहेका छन् ।

त्यस्तै प्रमुख संरक्षक कुम्भराज रेग्मी र विशिष्ठ संरक्षक दयाराम पौडेल चयन भएका हुन् ।

संस्थाको प्रवक्तामा भने दिनेश गौतमलाई चयन गरेका हुन् । सदस्यहरू भने पछि समितिले मनोनित गर्ने अध्यक्ष न्यौपानेले बताए ।

कार्यक्रममा एनआरएनए आइसीसीका पूर्वाध्यक्ष जीव लामिछाने, उषा शर्मा, कुमार पन्त, दिलबहादुर गुरुङ लगायतले नयाँ पदाधिकारीलाई बधाई शुभकामना दिएका छन् ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका