गैरआवासीय नेपाली संघ साईप्रसको आठौं महाधिवेशन सेप्टेम्बर १५ तारीख शनिबार निकोसियामा सम्पन्न भएको छ । उक्त महाधिवेशनबाट दिल कुमारी तिलिजा पुनको अध्यक्षमा २५ सदस्यीय कार्यसमिति चयन गरेको छ।
संघ समिति उपाध्यक्षत्रय अन्तेस रावत, जस माया पुन, किस्मत पौडेल, महासचिव कृप थापा, सचिव पूर्णबहादुर पुन मगर, कोषाध्यक्ष दिनेश ढकाल, सहकोषाध्यक्ष अनिल भण्डारी, सहसचिव दयासागर अर्याल, युवा संयोजक कुन्दन कार्की, महिला संयोजक, सरिताकुमारी चौधरी, प्रवक्ता दिनेश हरिजम गौतम चयन भएको छ ।
त्यसैगरी सदस्यहरू क्रमशः कालिका थापा, धिराजनकुमार खड्का, रञ्जित सापकोटा, दयाराम थापा, अन्सरी ओजेर, सञ्जयकुमार मण्डल, राजन श्रेष्ठ, नेतिशकुमार सरदार, सुरज रानाभाट, सरस्वती खनाल, सरु नेपाल, कल्पना राई र राधा पोखेरल रहेका छन् ।
कार्यक्रममा प्रमुख अतिथि साईप्रस लागि अवैतानिक नेपाली मानार्थ वाणिज्य दूत डा.राम जीवन पंजियारले शुभकामना क्रममा नेपालीहरुले भोग्दै आइरहेको समस्यालाई समधान गर्न संघसँग कन्सुलरले हातेमालो गरी काम गर्ने बताए । डा. पंजियारले नेपाली दिदीबहिनीहरुले विदेशमा कमाएको पैसा फजुल खर्च नगरी बचत गर्न आग्रह गरे ।
समारोहमा स्थानीय कलाकार सुरज राना भाट र सुस्मा राईले बेजोड प्रस्तुति दिएका थिए ।