कोरियामा बुद्ध लामा र प्रकाश सपुतको क्रेज (फोटो/भिडियो)

दक्षिण कोरिया

तमु धी दक्षिण कोरियाले आयोजना गरेको चौथो रोधी सांगीतिक सौगातमा चर्चित लोक ब्याटल गायक प्रकाश सपुत र पहिलो नेपाल आइडल बुद्ध लामाले आफ्नो प्रस्तुति दिएको छ । पहिलो पटक कोरियामा आइपुगेका आइडल बिजेता लामा र तेस्रो पटक आइपुगेका गायक सपुतलाई दर्शकको उत्साह रुपमा साथ पाएका थिए ।

कोरियनहरुको ठुलो चाड छुसकको अवसरमा शुक्रबार सउलको दोङसङ कन्सर्ट हलमा गायक सपुत र लामा लगायत अन्य कलाकारहरुले प्रस्तुति दिएका थिए । गायकप्रति दर्शकहरुको क्रेज थियो । ‘दीर्घकालीन शेल्टर व्यवस्थापन तथा आपतकालिन राहत कोष स्थापना सहयोगार्थ’ भन्ने नाराकासाथ आयोजित कार्यक्रममा लोक ब्याटल गायक सपुतले चर्चित गीत ‘गलबन्दी..’, ‘परदेशी..’, ‘माया पिरती..’, ‘दोहोरी ब्याटल..’ लगायत गीतहरु गाएर मनोरञ्जन दिए । त्यस्तै गायक बुद्ध लामाले ‘आमा..’, ‘पिलायो साथीले…’, ‘सानी..’ लगायत गीतहरु गाउदै दर्शकको क्रेजलाई तताएको थियो ।

त्यस्तै कार्टुन क्रिउजका मोडल सरोज अधिकारी र आश्मा विश्वाकर्मको अकर्षक नृत्य प्रस्तुत गरेका थिए । हाँस्य कलाकार फुलन्देकी आमा (उमेश राई)ले हाँस्यव्यङ्ग्य संवाद र नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रमलाई कभर गीत गाउदै चर्चा बुटुलेका पप गायिका त्रिशला गुरुङ, लोकदोहोरी गायिका बत्ति थापा मगरलगायतले थप मनोरञ्जन दिलाएको थियो ।

नेपाल आइडल बुद्ध लामालाई कोरियामा दर्शकको साथ । Nepal Idol Buddha Lama Korea-2019

नेपाल आइडल बुद्ध लामालाई कोरियामा दर्शकको साथ । Nepal Idol Buddha Lama Korea-2019

Gepostet von sailungonline.com am Montag, 16. September 2019

 

तपाईको प्रतिक्रिया