नेकपाका सांसद एवं नेता हितबहादु तामाङले मुलुकको विकासको लागि सेनालाई सही प्रयोगमा ल्याउन सक्यो भने अरु विकल्प सोच्न नपर्ने बताए ।
नुवाकोट क्षेत्र नं. १ का सांसद तामाङले विहीबार संघीय संसदमा जारी छलफलमा बोल्दै बृद्धि विकास, सरुवा र शान्ति सेना जाने कुरामा नेतृत्व तहबाट निश्पक्ष भइदियो भने अरु समस्या नहुने बताए ।
त्यस्तै सांसद तामाङले पहिलै पहिचान भएको पर्यटन क्षेत्रमा सम्बन्धीत मन्त्रलायबाट ध्यान गइरहेको जस्तो नलागेको बताए । उनले पर्यटन सम्भावित, व्यवस्थापन, पर्यटन विकास अध्ययनको कुरा चाहि गर्ने, अनि मन्त्रलायले ध्यान चाहि नगर्ने बताए । ‘यसले देश विकासतर्फ गति लिन सक्दैन’, सांसद तामाङले भने, ‘सम्बन्धीत मन्त्रलायले विकासको कुरामा ध्यान नगरी दोषारोपन मात्र हुने गरेछ ।’ उनले भने मन्त्रीले सचिवलाई जिम्मा लगाइदिने सचिवले टाइप मिस्टेट भयो भन्ने गरेको पाए, पर्यटन मन्त्रलायको सचिवलाई सम्पर्क गर्दा कार्यक्रम नभएको बताएपछि अहिले भन्ने हो भने नुवाकोटमा सस्कृति, पर्यटनका कार्यक्रम छैन भन्दा हुने बताए ।
त्यस्तै स्वास्थ्य क्षेत्रका धेरै सुविधा, प्राथामिक स्वास्थ्यलाई निःशुल्क भनिरहेका बेला न्युनतम कुरालाई नै ख्याल नगरेको टिप्पणी गरे । उनले भने देशभरबाट विरामी आउने बीर अस्पताल आइसियुको जम्मा २० सैया मात्रै छन्, यसमा कसरी जनताले सेवा लिन्छन् ?